सन् २०२३ मा विश्वभर मृत्युदण्डको सजाय ३० प्रतिशतले वृद्धि भएको एम्नेस्टीले जनाएको छ। सो वर्ष मृत्युदण्ड दिइएकामध्ये सबैभन्दा बढी इरानमा ८५३ जना छन्।
विश्वभर सन् २०१५ पछि सबैभन्दा धेरै मृत्युदण्ड सन् २०२३ मा दिइएको एक तथ्यांकले देखाएको छ।
एम्नेस्टी इन्टरनेसनलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष एक हजार १५३ जनालाई मृत्युदण्डको सजाय दिइएको छ। सन् २०१५ मा एक हजार ६३४ जनालाई उक्त सजाय दिइएको थियो।
सन् २०२३ मा विश्वभर मृत्युदण्डको सजाय ३० प्रतिशतले वृद्धि भएको एम्नेस्टीले जनाएको छ। सो वर्ष मृत्युदण्ड दिइएका मध्ये सबैभन्दा बढी इरानमा ८५३ जना छन्। जसमा २४ महिला र ५ बालबालिकासमेत रहेका छन्।
त्यस्तै, चीनमा पनि हजारौँ मानिसलाई मृत्युदण्डको सजाय दिइएको छ। तर चीनले भने आधिकारिक तथ्यांक नदिँदा प्रतिवेदनमा समावेश गर्न नसेकेको जनाइएको छ।
एम्नेस्टीका महासचिव आग्नेस कालामारले इरानमा मानव जीवनको घोर उपेक्षा रहेको टिप्पणी गरेकी छन्। “मान्छेको जीवनको मूल्य हुनुपर्छ । तर इरानमा त्यस्तो छैन, त्यहाँ स–सानो विषयमा पनि मृत्युदण्ड दिइएको पाइएको छ,” उनले भनिन्। प्रतिवेदनअनुसार त्यहाँ विशेष गरी गरिब बलुच समुदायका मानिसलाई भेदभावपूर्ण तरिकाले मृत्युदण्ड दिइएको छ।
इरानपछि धेरै मृत्युदण्ड दिनेमा साउदी अरब, सोमालिया र अमेरिका छन्। अमेरिकामा दुई वर्षमा ४२ जनालाई मृत्युदण्ड दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
