बुधबार प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४० हजार ५०० रुपैयाँ निर्धारण भएको छ।
काठमाडौँ– नेपाली बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा बिहीबार सुनको तोलामा नै दुई हजार ३०० रुपैयाँले वृद्धि भएको छ।
बुधबार प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४० हजार ५०० रुपैयाँ निर्धारण भएको छ।
तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो। बिहीबार भने एक लाख ३९ हजार ८०० रुपैयाँ तोकिएको छ। तेजाबी सुनको मूल्य तोलामा दुई हजार ५५० रुपैयाँले वृद्धि भएको छ।
यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले वृद्धि भएको छ। बुधबार एक हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी एक हजार ९०० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
