दोषी ठहर भएका १४ जनामध्ये ४ जना पूर्व सांसद रहेका छन्। सबै जनालाई आजीवन कारावासको सजाय हुनसक्ने बताइएको छ।
हङकङको अदालतले बिहीबार १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ। वेस्ट काउलुन मजिस्ट्रेटको अदालतले यो निर्णय चीनले बनाएको कानूनको आधारमा लिएको हो, जसले त्यहाँको विरोधको आवाजलाई पूर्णरूपमा मेटाएको बीबीसीले जनाएको छ।
दोषी ठहरिएका १४ जनामा गोर्डन एनजी, ट्याट चेङ, क्लेरिस येउङ, माइकल पाङ, क्याल्भिन हो, हेलेना वोङ, सेज टक-लोय, ग्वेनेथ हो, रेमन्ड चान, ओवेन चाउ, लाम चेउक-टिंग, लेउंग क्वोक-हंग, रिकी र विनी यु रहेका छन्। यीमध्ये लिउङ क्वोक, चेउक–टिङ, हेलेना र रेमन्ड चान पूर्व सांसदहरू हुन्। यी सबै जनालाई चीनले लागू गरेको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत विद्रोह गर्ने षड्यन्त्र गरेको अभियोग लगाइएको थियो।
यो मुद्दा सरकारले छानेको तीन न्यायाधीशको इजलासले सुनुवाइ गरिरहेको थियो। यी न्यायाधीशहरूको प्यानलले यस मुद्दामा पूर्व जिल्ला काउन्सिलर ली यु-शुन र लरेन्स लाउलाई भने सफाइ दिएको छ। दोषी ठहर भएका १४ जनालाई आजीवन कारावासको सजाय हुनसक्छ।
सन् २०२१ मा भएको अनौपचारिक प्राथमिक निर्वाचनमा भाग लिएको आरोपमा मुद्दा चलाइएका ४७ प्रजातन्त्र समर्थकहरूमध्ये यी १४ जना थिए। यी व्यक्तिहरूले हङकङ सरकारलाई गिराउन खोजेको अभियोजन पक्षले आरोप लगाएको छ।
सन् २०१९ मा सरकार विरोधी आन्दोलनपछि राजनीतिक प्रतिपक्षलाई दबाउन सुरक्षा कानूनलाई कसरी प्रयोग गरिँदैछ भन्ने कुरा यस घटनाले देखाएको यस मुद्दालाई नजिकबाट पछ्याउनेहरू बताउँछन्। योसँगै चीन र हङकङका सरकारहरूले यो कानूनको सहायताले सरकारमा स्थायित्व आएको र न्यायिक स्वतन्त्रता पनि सुरक्षित भएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
