आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार २०० मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम निर्यात गर्ने लक्ष्य प्राधिकरणले राखेको छ।
काठमाडौँ– खोला तथा नदीहरूमा पानीको बहाव बढ्न थालेसँगै विद्युत् उत्पादनसमेत वृद्धि हुन थालेको छ। उत्पादन बढेपछि भारतर्फ निर्यातसमेत शुरू भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
देशभित्र खपत गरी बाँकी रहेको विद्युत् गत सोमबारदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) बजारमा प्रतिस्पर्धी दरमा बिक्री शुरू गरेको हो। अहिले दैनिक ४०० मेगावाट हाराहारी विद्युत् निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
“पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ। पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ,” घिसिङले भने, “विगत ७/८ वर्षअघि दैनिक विद्युत् खपत डेढ करोड युनिट हाराहारीमा रहेकामा हाल बढेर चार देखि साढे चार करोड युनिट पुगेको छ।”
आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार २०० मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम निर्यात लक्ष्य राखिएको उनको भनाइ छ। “निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेका छौँ,” घिसिङले भने।
केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत आयोजनाबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ। ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरेक वर्ष जुनदेखि अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् (एनभीभीएन)लाई बिक्री गर्न स्वीकृति दिइएको छ। एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ। नेपालले रियल टाइम मार्केटमा बिद्युत् खरिद बिक्रीको पनि अनुमति पाएको छ।
६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँद याममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ। यस अवधिमा एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ। प्राधिकरणले गत वर्षको जेठदेखि हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ। साउनयता भने १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ।
प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँ बढीको विद्युत् आयात गरेको हो। आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ। निर्यात गरिएको विद्युत् प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा तथा आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा रहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठको बाँकी समय र असार महिनामा निर्यात हुने विद्युत् परिणामबाट चालू आर्थिक वर्षमा आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
