नेपाल फाइनान्स, अपर लोहोरेखोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता ओरालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घट्दै २०६९.५३ को विन्दुमा सीमित भएको हो।
नेप्सेका अनुसार यस दिन ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर किनबेच हुँदा चार अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि बुधबार परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा रहँदा एक करोड ७ लाख ३८ हजार १६९ कित्ता शेयर चार अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार १३ मध्ये उत्पादन तथा प्रशोधन, जलविद्युत् र फाइनान्सबाहेक सबै उपसमूह घटेका छन्। वाणिज्य बैंक उपसमूह सर्वाधिक १.७२ प्रतिशतले घटेको छ। २४७ कम्पनीको शेयर कारोबार हुँदा १७३ कम्पनीको शेयर मूल्य घटेको छ।
यस दिन पोखरा फाइनान्सका लगानीकर्ता धेरै नोक्सानीमा छन्। उक्त कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शन, वाराही हाइड्रोपावर, नेपाल वेयरहाउसको शेयर मूल्य पनि घटेको छ।
७० कम्पनीको शेयर मूल्य बढ्दा तीन कम्पनीको सर्किट लागेको छ। नेपाल फाइनान्स, अपर लोहोरेखोला हाइड्रोपावर र भगवती हाइड्रोपावरका शेयरमा सर्किट लागेको हो। मनकामना इन्जिनियरिङ हाइड्रोपावर र युनिलिभर नेपालको शेयर पनि सर्किटस्तरमा बढेको छ।
शेयर मूल्य बढेर सर्किट लागेको नेपाल फाइनान्स नै बिहीबार सर्वाधिक कारोबार भएको कम्पनीमा परेको छ। उक्त फाइनान्सको १९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस्तै, नाग्दी ग्रुप अफ पावरको १५ करोड ३० लाख, जानकी फाइनान्सको १३ करोड ६० लाख, सीईडीबी हाइड्रोपावरको १२ करोड ३ लाख र कालिन्चोक दर्शनको १० करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
