ओलेना जेलेन्स्काले बेलायती संसदमा रुसी आक्रमणबाट भएका भौतिक र मानवीय क्षतिका तस्वीरहरू देखाउँदै युक्रेनमाथि न्याय हुनुपर्ने बताएकी थिइन्।
युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले युक्रेनको संकट समाधान र न्याय प्राप्तिका लागि विश्व समुदायको एकता आवश्यक रहेको बताएकी छन्।
बेलायती संसद्मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीकी पत्नी जेलेन्स्काले आफ्नो देश कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो बताएकी हुन्।
पहिलोपटक मुलुकबाहिरको संसद्मा सम्बोधन गर्दै उनले न्याय प्राप्ति र दण्डहीनताको अन्त्यका लागि अपिल गरेको बीबीसीले उल्लेख गरेको छ। “जारी युद्धका क्रममा हामीले दिनदिनै साइरन बजेको सुनिरहन्छौँ, हामी रुससामु आत्मसमर्पण गर्ने पक्षमा छैनौँ। तर, हामीलाई जित मात्रै हैन न्याय पनि चाहिएको छ। म न्यायको खोजीमा तपाईंहरूसामु आएकी हुँ। न्यायले मात्रै यस युद्धको अन्त्य गर्नेछ।”
रुसी आक्रमणबाट पीडित सबैलाई न्याय चाहिएको बताउँदै उनले बेलायती जनतामाथि दशकौँअघि नाजीहरूले गोलाबारुद गरेजस्तै रुसले युक्रेनमाथि आक्रमण गरिरहेको बताइन्।
जेलेन्स्काले रुसी आक्रमणबाट भएका भौतिक र मानवीय क्षतिका तस्वीरहरू समेत देखाउँदै सांसदहरूको ध्यानाकर्षण गराएकी थिइन्। “हाम्रा महत्त्वपूर्ण शहरहरूमा भएको आक्रमणका तस्वीरहरू तपाईं आफैँ हेर्नुहोस्, अस्पताल, सडक, पुल सबैतिर आक्रमण भएका छन्। बालबालिकादेखि थुप्रै नागरिकले ज्यान गुमाएका छन्। युक्रेनी जनता र मानवीय अपराधका लागि रुस जिम्मेवार हुनैपर्छ”, उनले भनिन्,
“लन्डनले सधैँ मानवअधिकारको पक्षमा वकालत गर्दै आएकाले यहाँबाट न्यायका लागि पहल हुनेमा म विश्वस्त छु।”
ओलेन्स्काले संसद्मा सम्बोधन गर्नुअघि उनले बेलायती क्विन कन्सोर्ट कमिलालाई पनि भेटेकी थिइन्।
यसैबीच, उत्तर एट्लान्टिक सन्धि संगठन नेटोले युक्रेनलाई अटुट साथ दिने प्रतिबद्धता जनाएको छ। रुसले युक्रेनी संरचनालक्षित आक्रमण तीव्र पारेका बेला नेटो यस्तो बताएको हो।
नेटो प्रमुख जेन्स स्टोलटेनबर्गले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले जाडोयामलाई युद्धको हतियार बनाएको बताएका छन्। रोमानियाको राजधानी बुचारेस्टमा नेटो सदस्य राष्ट्रका विदेशमन्त्रीस्तरीय बैठकमा बोल्दै स्टोलटेनबर्गले मस्कोले क्रूरताको लहरलाई बढाइरहेको बताएका छन्।
युक्रेनलाई थप सुरक्षा प्रणाली सहयोगको तयारी भइरहेको उनले बताए। युक्रेनलाई नेटोको बलियो साथ रहेको र पछि नहट्ने प्रतिबद्धता उनको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
