भारतको जम्मूमा तीर्थयात्री बोकेको बस बिहीबार दिउँसो दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन्।
भारतको जम्मूमा तीर्थयात्री बोकेको बस बिहीबार दिउँसो दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन्। भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार उक्त बस तीर्थयात्रीहरूले भरिएको थियो।
बस जम्मू–पुन्छ राजमार्गमा पर्ने काली धर मन्दिर नजिकै टाङ्ली मोडमा १५ मिटर तल खाल्डोमा खसेको अधिकारीहरूले बताएका छन्। बसमा ७० भन्दा धेरै यात्रु रहेका बताइएको छ।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएअनुसार उक्त बस उत्तर प्रदेशको हातरस तथा हरियाणाको कुरुक्षेत्रबाट यात्रु बोकेर शिवखोरी धाम गइरहेको थियो। शिवखोरी धाम जम्मू डिभिजनको रियासी जिल्लाको पौनीमा अवस्थित छ।
घाइतेहरूलाई अखनूरको स्थानीय अस्पताल र जम्मूको सरकारी मेडिकल कलेजमा लगिएको इन्डिया टुडेले जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्दै राहत रकम प्रदान गर्ने घोषणा गरेका छन्। "दुर्घटनामा ज्यान गुमाएका प्रत्येकको आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिइनेछ," उनले भनेका छन्।
यस्तै, भारतका राष्ट्रपति द्रौपदी मुर्मु र जम्मू कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले जम्मूको अखनूरमा भएको सडक दुर्घटनामा शोक व्यक्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
