फौजदारी मुद्दामा डोनाल्ड ट्रम्प दोषी ठहर

न्युयोर्कको १२ सदस्यीय जुरीले ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरूमा उनलाई दोषी ठहर गरेको छ।

अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा मुद्दामा दोषी ठहर भएका छन्। 

बिहीबार न्युयोर्कस्थित जिल्ला अदालतले ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरूमा दोषी ठहर्‍याएको हो। ट्रम्पमाथि २०१६ को आम निर्वाचनका बेला वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध चुपचाप राख्न एक लाख ३० हजार डलर दिएको आरोप लागेको थियो। 

यसैगरी ट्रम्पले आफ्नो कारोबारको रेकर्डका कागजात हेरफेर गरेको, राष्ट्रपति निर्वाचनको मत परिणाम प्रभावित पार्न संसद् भवनमा तोडफोड गरेकोलगायत आरोप पनि थिए। यी मुद्दामा करिब ६ हप्तासम्म बहस चलेको थियो। अब न्यायाधीश जुआन मर्चेनले ११ जुलाईमा ट्रम्पमाथि सजाय सुनाउने छन्।

फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै उक्त फैसलालाई अपमानको संज्ञा दिएका छन्। अदालतले धाँधलीपूर्ण निर्णय गरेको उनको दाबी छ। यसको सही निर्णय जनताले आगामी नोभेम्बर ५ मा गर्ने पनि ट्रम्पले बताएका छन्।