राष्ट्र संघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको पदक राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे।
न्युयोर्क– संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्र संघीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन्।
अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका अवसरमा बिहीबार राष्ट्र संघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे।
त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत भएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे। राईको गत अक्टोबर १३ मा कंगोमा निधन भएको थियो।
सन् १९४८ मा इजरायल–अरब युद्ध विराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका रूपमा मनाइने गरेको छ।
नेपाल राष्ट्र संघीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको एक हो। ६ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन्।
राष्ट्र संघले अबेई, मध्य अफ्रिकी गणतन्त्र कंगो, साइप्रस, प्रजातान्त्रिक गणतन्त्र कंगो, इराक, कोसोभो, लेबनान, लिबियामा नेपाली शान्ति सेनालाई खटाउँदै आएको छ।
पूर्वी सोमालिया, दक्षिण सुडान, पश्चिमी शहारा र यमनमा पनि नेपाली शान्ति सेना तैनाथ छन्। नेपाल सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकालाई शान्ति सेनाका रूपमा खटाउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
