बागलुङमा बढी धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा धान रोपाइँको चटारो शुरू भएको छ।
गलकोट– देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि बागलुङ गलकोटका किसानलाई धान रोपाइँको चटारो छ। सिँचाइ सुविधाका कारण यहाँका खेतमा धमाधम रोपाइँ भइरहेको छ।
जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ। यस वर्ष पानी पर्याप्त रहेकाले उत्पादन बढ्ने किसान बताउँछन्।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठ अन्तिमदेखि रोपाइँ हुने गरेको छ। मकै लगाएका किसानले असार अन्तिम सातादेखि र साउनभर रोपाइँ गर्छन्।
जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोही समयसम्म रोपाइँ हुने गरेको छ। बागलुङको ६ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छ। त्यसमध्ये १० हेक्टरमा चैते धानखेती हुने केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
