१९७८–७९ सालमा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुंगाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुंगेघर संरक्षण अभावमा जीर्ण भएका हुन्।
गलेश्वर– बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका १०० वर्ष पुराना ढुंगेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन्।
१९७८–७९ सालमा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुंगाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुंगेघर संरक्षण अभावमा जीर्ण भएका हुन्।
मल्ल र राणाकालीन इतिहास दर्साउने तीनतले ढुंगेघर प्राचीन दरबारजस्ता लाग्छन्। मल्ल र राणाकालीन इतिहासको साक्षी बनेका यी घर मल्ल र ठकुरी बसाइँसराइका कारण अलपत्र परेका हुन्। २०४५ सालसम्म मल्ल वंशीय ठकुरीको बसोबास रहेको यो गाउँका मानिस २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना भएसँगै बसाइँ सरेपछि घर अलपत्र परेको बेनी नगरपालिका–२ का वडा सदस्य चन्द्रकान्त रिजालले बताए।
प्राचीन ती घरको मर्मसम्भार गरेर घर वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तथा बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा जाने पर्यटकलाई पनि आकर्षण गर्न सक्ने प्रशस्त सम्भावना भएको वडा सदस्य रिजालले बताए।
गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका १०० वर्षभन्दा बढी पुराना घर गौश्वारा गाउँका सम्पदा भएकाले तिनको सुरक्षा र मर्मतसम्भारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले बताए।
हाल गौश्वारा गाउँका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुईमा मात्र बसोबास छ। तीन घर जीर्ण छन्। भावी पुस्तालाई आफ्ना पूर्वजहरूको निवासको परिचय गराउने यी घर संरक्षण गर्नुपर्ने स्थानीय अर्जुन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टीकाबहादुर कार्कीले बताए।
त्यसैगरी मालिका गाउँपालिका–६ तल्लो दुखुको रातो ढुंगामा शेरचन र भट्टचनले निर्माण गरेका १०० वर्षभन्दा पुराना सातवटा ढुंगेघर पनि संरक्षणको अभावमा जीर्ण भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
