तोलामा १ लाख ४२ हजार २०० पुग्यो सुनको मूल्य

लगातार उकालो लागिरहेको सुनको मूल्यमा शुक्रबार एकैदिन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड बनेको छ। 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ।

लगातार उकालो लागिरहेको सुनको मूल्यले शुक्रबारको वृद्धिपछि उच्च मूल्यको रेकर्ड बनाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापवाल सुन बिहीबार प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएकामा शुक्रबारका लागि एक लाख ४२ हजार२०० रुपैयाँ निर्धारण भएको छ। 

यस्तै, तेजाबी सुनको मूल्य एक लाख ४१ हजार ५०० निर्धारण भएको छ। बिहीबार एक लाख ३९ हजार ८०० रुपैयाँ थियो। 

यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले ओरालो लागेको छ। बिहीबार प्रतितोला एक हजार ९०० मा कारोबार भएको चाँदी शुक्रबार एक हजार ८७५ रुपैयाँ निर्धारण भएको छ।