हुरीबतासका कारण १३ वटा ट्रान्सफर्मरमा क्षति भएको परासी विद्युत् वितरण केन्द्रका इन्जिनियर रमाशंकर शाहले बताए।
नवलपरासी– बिहीबारको हुरीबतासका कारण पश्चिम नवलपरासीका केही स्थानमा पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको छ।
हुरीले विद्युत्का अधिकांश तारपोलमा क्षति पुगेको छ। जिल्लाका दुई विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी बर्दघाट वितरण केन्द्रमा क्षति भएको छ। उक्त वितरण केन्द्रअन्तर्गतका सरावल गाउँपालिका–२ को विद्युत् ट्रान्सफर्मर पूर्ण रूपले क्षति भएको छ। हुरीबतासका कारण १३ वटा ट्रान्सफर्मरमा क्षति भएको परासी विद्युत् वितरण केन्द्रका इन्जिनियर रमाशंकर शाहले बताए।
जिल्लाका अधिकांश क्षेत्रमा बिहीबार रातिदेखि विद्युत् सेवा अवरुद्ध रहेको उनले जानकारी दिए। सबै ट्रान्सरफर्मर मर्मत गरी विद्युत् पुनः सञ्चालन गर्ने तयारी गरे पनि सञ्चालनमा चुनौती देखिएको उनको भनाइ छ। हुरीका कारण जिल्लाभरि एक सय बढी पोल ढलेको इन्जिनियर शाहको भनाइ छ।
उनका अनुसार हुरीका कारण विद्युत्को तार, पोल, एल्टी र ट्रान्सफर्मरलगायतका सामान गरी करिब ९० लाख बराबरको क्षति भएको छ । जिल्लाको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका, सरावल र प्रतापपुर गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
