आईटीयूले प्रदान गर्ने डब्ल्यूएसआईएस, २०२४ अन्तर्गत मिडिया विधामा अकोराब च्याम्पियन बनेको छ।
काठमाडौँ– संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशेष निकाय इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले प्रदान गर्ने डब्ल्यूएसआईएस, २०२४ अन्तर्गत मिडिया विधामा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल च्याम्पियन बनेको छ।
स्विट्जरल्यान्डको जेनेभामा शुक्रबार आयोजित कार्यक्रममा अकोराबका कार्यकारी निर्देशक प्रमोद तण्डुकारले ‘मिडिया च्याम्पियन’को प्रमाणपत्र ग्रहण गरेका हुन्। आईटीयूले सूचना तथा सञ्चार प्रविधिलाई उपयोग गरी दिगो विकासका लक्ष्य हासिल गर्न विश्वभरि गरिएका पहलमध्ये उत्कृष्टलाई सन् २०१२ देखि यो सम्मान प्रदान गर्दै आएको छ। सम्मानले सामुदायिक रेडियोलाई थप हौसला मिलेको अकोराबका कार्यकारी निर्देशक तण्डुकारले बताए।
अकोराबले २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्प गएपछि यूएनडीपी र यूनेस्कोको सहयोगमा जाजरकोट र रुकुम पश्चिमका स्थानीय सामुदायिक रेडियोहरू तथा अन्य सञ्चारमाध्यमका पत्रकार र कर्मचारीको मनोबल बढाउने, क्षति पुगेका रेडियोलाई पुनः सञ्चालन गर्ने, भूकम्पपश्चात् खेल्नुपर्ने भूमिकाको क्षमता बढाउने, वञ्चितीकरणमा परेका र अन्य स्थानीय समुदायलाई सूचना प्रवाह र राहत वितरण तथा स्थानीय सरकारको सेवा प्रदान गर्न सहजीकरण गरेको थियो।
एकीकृत रूपमा सञ्चालित यस परियोजनाले विपद्को समयमा सामुदायिक रेडियोको महत्त्व दर्साउनुका साथै भविष्यमा विपद्पश्चात् रेडियोलाई पार्दै खेल्नुपर्ने भूमिकालाई उदाहरणको रूपमा स्थापित गरेको अकोराबका कार्यकारी निर्देशक तण्डुकारले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
