पेट्रोल–डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको छ।

काठमाडौँ— नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निमगले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो।

नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरेको हो। 

मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको प्रतिलिटर १६८ कायम भएको छ। डिजेल/मट्टितेल प्रतिलिटर १५३ पर्ने भएको छ। पेट्रोलको १७१ र डिजेल/मट्टितेल १५३ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको थियो।

इन्डियन आयल कर्पोरेसनबाट घटेर आएकाले इन्धनको मूल्य घटाइएको र समायोजित मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ।

निगमले देशलाई तीन भौगोलिक क्षेत्रमा विभाजन गरेर पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरी वितरण गर्दै आएको छ। निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ।