भारतका पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बंगालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिमाचलका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा मतदान भइरहेको छ।
भारतमा शनिबार लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ। सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान शुरू भएको हो।
पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बंगालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा मतदान भइरहेको छ।
लोकसभा चुनावको अन्तिम चरणको प्रचारप्रसार बिहीबार साँझ सम्पन्न भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा छन्। यो निर्वाचनमा कूल ९०४ जनाले उम्मेदवारी दिएका छन्।
सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा २०० भन्दा बढी प्रचार कार्यक्रम आयोजना गरे।
लोकसभा चुनावको अघिल्लो ६ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो। मतगणना जुन ४ मा शुरू हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
