तिलिचो ताल घुम्न गएका युवक ४ दिनदेखि सम्पर्कविहीन

ललितपुर नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली तिलिचो ताल जाने क्रममा जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्।  

मनाङ– मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन्।

ललितपुर नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्।  

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट हराएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। 

उनी हराएपछि सँगै रहेका अन्य तीन जनाले खोजीका लागि प्रहरीलाई खबर गरेका थिए। स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ। 

ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको प्रजिअ लामिछानेले बताए।