यसअघि जेठ १५ देखि १८ गतेसम्म पनि गर्मी बिदा दिएको थियो। गर्मी नघटेपछि बिदा थपिएको उपमहानगरले जनाएको छ।
नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ। असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको हो।
अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए।
यसअघि जेठ १५ देखि १८ गतेसम्म पनि गर्मी बिदा दिएको थियो। गर्मी नघटेपछि बिदा थपिएको उपमहानगरले जनाएको छ।
उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ।
केही दिनअघि नेपालगन्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियससम्म मापन भएको थियो। गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
