ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एन्ड पिपल’ शीर्षकमा तीन दिने प्रदर्शनी आयोजना गरेको हो।
काठमाडौँ– सगरमाथा दिवसका अवसरमा बांग्लादेशको राजधानी ढाकामा तस्वीर प्रदर्शनी गरिएको छ। ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एन्ड पिपल’ शीर्षकमा तीन दिने प्रदर्शनी आयोजना गरेको हो।
बांग्लादेशका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री साबेरहुसेन चौधरी, परराष्ट्र मन्त्रालयका सचिव मसुद बिन मोमेन र बांग्लादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले शुक्रबार प्रदर्शनीको उद्घाटन गरे। प्रदर्शनी बांग्लादेश शिल्पकला एकेडेमीमा जारी छ।
मन्त्री चौधरीले नेपाल बांग्लादेशीहरूलाई मनपर्ने गन्तव्य मध्येको एक भएको र सगरमाथालगायत हिमालप्रति उनीहरूको विशेष आकर्षण रहेको बताए।
परराष्ट्रसचिव मोमेनले दुई देशबीच विद्यमान सुदृढ सांस्कृतिक एवं जनस्तरको सम्बन्धबारे चर्चा गर्दै पर्वतारोहण र पदयात्रा दुवै देशका जनताको साझा साहसिक मनोभाव भएको बताए।
नेपालका राजदूत भण्डारीले सगरमाथा दिवस पृथ्वीको सर्वोच्च शिखरको पहिलो ऐतिहासिक आरोहणको सम्झना मात्र नभएर पर्वत र पर्वतीय पर्यावरणको महत्त्व झल्काउने अवसर पनि भएको बताए।
राजदूत भण्डारीले जलवायु परिवर्तनको प्रकोपबाट समग्र हिमाली क्षेत्रको संरक्षणमा जोड दिए। उनले प्रदर्शनी नेपाली र बांग्लादेशी पर्वतारोही, पदयात्रा र फोटोग्राफरले खिचेका तस्वीरमार्फत नेपालका हिमाल र प्राकृतिक दृश्यलाई बांग्लादेशी नागरिकसमक्ष प्रस्तुत गर्ने प्रयास भएकोसमेत बताए।
शिल्पकला एकेडेमीका सचिव सलाहुद्दिन अहमदले तस्वीर प्रदर्शनी आयोजना गरेर सगरमाथा दिवस मनाउन दूतावासबाट भएको प्रयासको प्रशंसा गरे।
त्यस अवसरमा गत मे १९ मा सगरमाथा आरोहण गरेका बांग्लादेशी नागरिक मोहदबाबर अली र सन् २०१३ मा सगरमाथाको चुचुरो चुचेमा स्वर्गीय खालिद हुसेनकी पत्नी तहमिना शैलीलाई पनि सम्मान गरिएको थियो।
बांग्लादेश शिल्पकला एकेडेमी र बंगला पर्वतीय पदयात्रा क्लबको सहयोगमा आयोजित प्रदर्शनीमा बांग्लादेशी तथा नेपाली पर्वतारोही, पदयात्रा तथा फोटोग्राफरका १२० तस्वीर समावेश छन्। प्रदर्शनी आइतबारसम्म जारी रहनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
