गाजामा ज्यान गुमाएकाहरूको काठमाडौँमा सम्झना (तस्वीरहरू)

युवाले गाजामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा काठमाडौँको माइतीघरमा दीप प्रज्वलन गरेका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– गाजामा भइरहेको युद्ध रोक्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। युवाहरूले प्यालेस्टाइनको पक्षमा ऐक्यबद्धता जनाउँदै शनिबार काठमाडौँको माइतीघर मन्डलमा प्रदर्शन गरेका हुन्। अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा आक्रमण गरेपछिको इजरायली प्रत्याक्रमणका क्रममा ३५ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ।

युवाले गाजामा इजरायलले गरिरहेको आक्रमण रोक्न र पूर्णकालीन युद्धविराम गर्न माग गरेका छन्। उनीहरूले ‘प्यालेस्टाइनप्रति हाम्रो ऐक्यबद्धता छ’, ‘सबै युद्ध अपराधीहरूलाई गिरफ्तार गर’, ‘तत्काल पूर्णकालीन युद्धविराम गर’, ‘सबैको मुक्तिका लागि सबैको प्रतिरोध चाहिन्छ’, ‘हामी चुप रहने छैनौँ’, ‘प्यालेस्टाइनलाई स्वतन्त्र गर’, ‘बमबारी रोक’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर युवाले प्रदर्शन गरेका थिए। उनीहरूले गाजामा मारिएका व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलनसमेत गरेका छन्। हेर्नुहोस् तस्वीरहरू :