दक्षिण अफ्रिकाको निर्वाचनमा राष्ट्रपति सिरिल रामाफोसाको दल एएनसीले तीन दशक लामो प्रभुत्व गुमेको छ।
दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकन नेसनल कंग्रेस (एएनसी)ले तीन दशकदेखि प्राप्त गर्दै आएको पूर्ण बहुमत यस पटकको निर्वाचनमा गुमाएको छ। बहुमत गुमेसँगै एएनसीले नयाँ सरकार गठनका लागि सहयोगीको खोजीको सामना गर्नुपर्ने भएको छ।
राष्ट्रपति सिरिल रामाफोसाको दल एएनसीले बुधबारको निर्वाचनको ९९ प्रतिशत मत गणना सकिँदासम्म ४० प्रतिशत मात्र मत प्राप्त गरेको छ। सन् २०१९ मा एएनसीले ५७.५ प्रतिशत मत प्राप्त गरी विजय हासिल गरेको थियो।
सन् १९९४ मा नेता नेल्सन मण्डेलाले देशलाई अल्पसंख्यक श्वेतहरूको शासनबाट मुक्त गर्दै प्रजातन्त्रमा रूपान्तरण गरेपछि दक्षिण अफ्रिकामा एएनसीले पूर्ण बहुमत प्राप्त गर्दै आएको थियो। अब एएनसीले बजेट र कानून पारित गर्न अन्य पार्टीहरूसँग निर्भर हुनुपर्ने या गठबन्धन सरकारका लागि वार्ता गर्नुपर्ने छ।
“हामीले चुनावअघि नै सबैसँग कुरा गरिरहेका छौँ,” एएनसीका उपमहासचिव नोमवुला मोकोन्यानेले भने, “पार्टीको राष्ट्रिय कार्यकारी समितिको बैठक बसेर अन्तिम परिणाम घोषणा भएपछि कार्यदिशा तय गर्नेछ।”
निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि रामाफोसालाई पार्टीले प्रतिस्थापन गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले भने, “तत्कालका लागि यो कुनै मुद्दा होइन।”
स्वतन्त्र निर्वाचन आयोग (आईईसी)को तथ्यांकअनुसार लोकतान्त्रिक गठबन्धन (डीए) २१.७१ प्रतिशतका साथ दोस्रो स्थानमा रहेको छ।
पश्चिमी केप प्रान्तमा प्रभाव रहेको डीए गठबन्धनले एएनसीको वामपन्थी परम्परासँग बाझिएको स्वतन्त्र बजारलाई चुनावी नारा बनाएको थियो।
एएनसीसँग गठबन्धनको सम्भावनाबारे सोधिएको प्रश्नमा डीए पार्टी अध्यक्ष हेलेन जिलेले भनिन्, “वार्ता शुरू भएको छैन तर केही सम्पर्क माध्यम बनेका छन्। अहिले व्यक्तिगत रूपमा कुरा भइरहेको छ।”
उनले एएनसीलाई एक्लै शासन गर्ने प्रयास गर्न दिने सम्भावनालाई पनि इन्कार गरिन्। उनले एएफपीसँग भनिन्, “दक्षिण अफ्रिकामा अल्पमतको सरकार पूर्ण रूपमा नयाँ हुनेछ तर यो अरूका लागि एक विकल्प हो।”
तेस्रो स्थानमा पूर्वराष्ट्रपति ज्याकोब जुमाको समर्थन रहेको उमखोन्तो विसिज्वे (एमके) ले १२.६ प्रतिशत मत पाएको छ। यो परिणाम एएनसीका पूर्वप्रमुख र केही महिनाअघि स्थापना भएको पार्टीका लागि आश्चर्यजनक नतिजा हो अर्थात् यो एमकेको अपेक्षाभन्दा राम्रो परिणाम हो।
निर्वाचनमा वामपन्थी दल इकोनोमिक फ्रिडम फाइटर (ईएफएफ)ले ९.४ प्रतिशत मतका साथ चौथो स्थानमा हासिल गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
