सशस्त्र प्रहरी बलको टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको कारभित्र बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला पारेको हो।
इनरुवा– हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँसहित शनिबार राति एक जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलको टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको कारभित्र बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।
कारभित्र बोरामा लुकाएको अवस्थामा एक हजार दरका ९ हजार ७०० थान नोट र ५०० दरका ८०० थान नोट बरामद गरिएको सशस्त्र प्रहरी बल बराहवाहिनीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
उनका अनुसार हरिनगर–५ का ३७ वर्षीय कार चालक इसा अन्सारीलाई पक्राउ गरिएको छ। उक्त रकम हुन्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ।
बरामद रकम, कार र चालकलाई राजस्व अनुसन्धान कार्यालय पठाइने थापाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
