नुनको अत्यधिक प्रयोग जापानी जनजीवनमा ठूलो समस्या बन्दै गएको छ। यस्तो अवस्थामा उक्त चम्चाले सहयोग गर्ने निर्माता कम्पनीको दाबी छ।
विद्युतीय कुकर र ब्रस जस्ता उपकरणहरू बजारमा धेरै लोकप्रिय भइरहेका छन्। तर, अहिले विद्युतीय चम्चा पनि आइपुगेको छ। जापानी पेय पदार्थ उत्पादन गर्ने कम्पनी किरिन होल्डिङ्सले विद्युतीय चम्चा बिक्री शुरू गर्ने भएको छ।
यसको प्रयोगले खानामा भएको नुनको वास्तविक मात्राभन्दा डेढ गुणा बढी नुनिलो स्वाद दिन्छ। गत हप्ता लन्च गरिएको यस चम्चाले सोडियमबिना नुनको स्वाद कायम राख्ने र स्वस्थ खानालाई बढावा दिने सोधकर्ताहरूको दाबी छ।
नुनको अत्यधिक प्रयोग जापानी जनजीवनमा ठूलो समस्या बन्दै गएको छ। यस्तो अवस्थामा उक्त चम्चाले सहयोग गर्ने निर्माता कम्पनीले जनाएको छ।
एकै समयमा, यो चम्चाले खानाको नुनिलोपन बढाउन मद्दत गर्दछ। यसले जिब्रोको स्वाद थाहा पाउने भागलाई सक्रिय बनाउँछ। कम्पनीका अनुसार जापानमा यो प्रविधिको ठूलो महत्त्व छ, किनभने त्यहाँका वयस्कहरूले दैनिक औसत १० ग्राम नुन खपत गर्छन्। यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको नुन सेवनको दोब्बर हो। सोडियमको अत्यधिक सेवनले रक्तचाप, स्ट्रोक र अन्य रोगहरू बढाउँछ।
किरिनमा काम गर्ने अन्वेषक आई सातो भन्छन्, "जापानमा नुन स्वादलाई प्राथमिकता दिइने खानाको संस्कृति छ। जापानीहरूले समग्रमा आफ्नो नुन सेवन कम गर्न आवश्यक छ, तर हामीले खाने कुराबाट टाढा जान गाह्रो हुन सक्छ। यसले हामीलाई यो विद्युतीय चम्चा विकास गर्न प्रेरित गरेको हो।"
किरिन कम्पनीले यो महिना मात्रै २०० विद्युतीय नुन चम्चा अनलाइन १९ हजार ८०० येन (१६ हजार ८०० रुपैयाँ) मा बिक्री गर्नेछ। आगामी ५ वर्षमा १० लाख ग्राहकलाई बिक्री गर्ने लक्ष्य राखिएको छ।
प्लास्टिक र धातुबाट बनेको यो चम्चा रिचार्जेबल लिथियम ब्याट्रीबाट चल्छ। यो मेइजी विश्वविद्यालयका प्राध्यापक होमी मियाशितासँगको सहकार्यमा विकास गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
