जेलमा हाजिर हुँदै दिल्लीका मुख्यमन्त्री केजरीवाल

केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनाव प्रचारका लागि अन्तरिम जमानत दिएको थियो। उनलाई जुन २ मा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो।

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अन्तरिम जमानतको म्याद सकिएसँगै आइतबार तिहाड जेल फर्किँदै छन्। 

केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनाव प्रचारका लागि अन्तरिम जमानत दिएको थियो। उनलाई जुन २ मा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो।

दिल्लीका मुख्यमन्त्रीले यसअघि अन्तरिम जमानतको म्याद थपका लागि सर्वोच्च अदालतमा अपिल गरेका थिए। बुधबार सर्वोच्च अदालतले उनको निवेदन खारेज गरिदिएको थियो। 

मुख्यमन्त्री केजरीवालले शनिबार भिडियो सन्देशमा भनेका छन्, “भोलि २१ दिन बित्दै छ। मैले आत्मसमर्पण गर्नुपर्छ। मलाई थाहा छैन, यो पटक मलाई कहिलेसम्म जेलमा राख्नेछन्। तर मेरो आत्मबल उच्च छ। देशलाई अधिनायकवादबाट जोगाउन म जेल जाँदैछु। यसमा मलाई गर्व छ।”