बेलायतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रमुख डंगोलले आगामी नोभेम्बरमा काठमाडौँले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताएकी छन्।
काठमाडौँ– बेलायतको म्यानचेस्टरमा आयोजना भएको ‘वुमन अफ द वल्र्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्किएकी छन्।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले आगामी नोभेम्बरमा काठमाडौँले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्नेसमेत बताइन्।
“विश्वका महिलाहरूको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्त भयो। वास्तवमा यो अपूर्व अवसर थियो,” डंगोलले भनिन्, “अवस्थालाई अवसरमा रूपान्तरण गरिएका कथा हाम्रा लागि सिकाइ बनेका छन् । यो सिकाइलाई हामी सशक्तीकरणका लागि उपयोग गर्छौं।”
सम्मेलनमा राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अस्ट्रेलियाली महिला प्रधानमन्त्री जुलिया गिलर्ड र उपप्रमुख डंगोलले विचार राखेका थिए। संवादमा उपप्रमुख डंगोलले, नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको बताइन्। यस क्रममा अक्सफोर्ड विश्वविद्यालयमा ‘शहरीकरणको अभ्यास: अवस्था र आवश्यकता’ विषयमा काठमाडौँको प्राचीनता जोगाउन र आधुनिक आवश्यकता पूरा गर्न महानगरले गरेको प्रयासबारे प्रस्तुतीकरण गरेकी थिइन्।
ब्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएकी थिइन्। म्यानचेस्टर शहरको अभोभा स्टुडियोमा जेठ ११ मा भएको फेस्टिभल आइतबार सकिँदै छ। स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाबीच अन्तर्क्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक वर्ष आयोजना हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
