कान्तिपुर सहकारीको अध्यक्षको भूमिकामा रहँदा डेढ अर्बभन्दा बढी रकम अपचलनको आरोपमा पक्राउ परेका सीबी लामाविरुद्ध चार वटा बैंकिङ कसुरसम्बन्धी उजुरीसमेत रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ– सहकारीका बचतकर्ताको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै लामालाई सार्वजनिक गरेको हो।
लामालाई अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार चितवनको भरतपुरबाट पक्राउ गरेको थियो। लामा कान्तिपुर सहकारीको अध्यक्षको भूमिकामा रहँदा डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका हुन्।
काभ्रे घर भई ललितपुरमा बस्दै आएका ४९ वर्षीय लामाले पत्रकार सम्मेलनमा आफूमाथि झूटा आरोप लागेको दाबी गरे। प्रहरीको अनुसन्धान प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने उनको भनाइ थियो। लामामाथि दुई वटा सहकारीका बचतकर्ताको बचत रकम दुरुपयोग गरेको आरोप छ।
अपराध अनुसन्धान कार्यालयका अनुसार कान्तिपुर सहकारीका ८५२ जना बचतकर्ताले एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर लामाविरुद्ध उजुरी दिएका छन्। उजुरी र रकम मागदाबी अझै थपिने क्रममा रहेको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।
त्यस्तै, पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभविरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ। पशुपति सेभिङविरुद्धमा १२ करोड हाराहारीमा बिगो मागदाबी रहेको छ। उनीमाथि पशुपति सेभिङका सम्बन्धमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सिफारिसमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ।
उनीविरुद्ध २०८० फागुन २० गते काठमाडौँ जिल्ला अदालतबाट लामाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। त्यसयता उनी फरार रहेका थिए। उनीविरुद्ध बानेश्वर वृत्तमा उजुरी दर्ता भएको र वृत्तको आग्रहमा अपराध अनुसन्धान कार्यालयले उनको खोजी थालेको थियो। त्यसक्रममा उनी उपत्यकाबाहिरका जिल्लामा लुकिछिपी बस्दै आएको र शुक्रबार भरतपुरबाट पक्राउ गरी आइतबार सार्वजनिक गरिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जनाए।
उनीविरुद्ध चार वटा बैंकिङ कसुरको उजुरी रहेको र तीमध्ये तीन वटामा फरार अभियुक्तका रूपमा उनको नाम रहेको पाइएको प्रहरीको भनाइ छ। प्रहरीले लामाबाट विभिन्न कम्पनीका चार वटा मोबाइल र सिम कार्ड बरामद भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
