‘रसिया र चीनबाट फैलिएको मिथ्या सूचनालाई प्रतिवाद’ गर्न कार्यवहाक सहायक विदेशमन्त्री ट्रुडोले नेपाललगायत देशको भ्रमण गर्न लागेकी हुन्।
काठमाडौँ- अमेरिकी कार्यवहाक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छन्। विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक विदेशमन्त्री ट्रुडो बुधबार नेपाल आउन लागेकी हुन्।
अमेरिक विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ट्रुडो बुधबार नेपाल आउन लागेको जानकारी दिएको हो। उनी नेपालसँगै युएई, उज्बेकिस्थान र किर्गिस्तानको भ्रमण गर्नेछिन्। उनले यी देशमा १२ दिनको भ्रमण गर्न लागेकी अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। 'रसिया र चीनबाट फैलिएको मिथ्या सूचनालाई प्रतिवाद' गर्ने विषयलाई प्राथमिकतामा राखेर यी देशको भ्रमण गर्न लागेकी हुन्।
नेपालमा उनले अल्पसंख्यक समुदायका अभियन्ता, मिडियाका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने बताइएको छ। दूतावासले आयोजना गर्ने कार्यक्रममा पूर्वविद्यार्थीहरूसँग लोकतन्त्रमा मिडियाको भूमिकाबारे छलफल गर्ने कार्यक्रम रहेको छ। उनले काठमाडौंस्थित एम्बेसडर फण्ड फर कल्चरल प्रिजर्भेसन (एएफसीपी) क्षेत्रहरूको पनि भ्रमण गर्नेछिन्।
उनले अफगानिस्तानमा अमेरिकी सहयोग, प्रेस स्वतन्त्रता, जलवायु परिवर्तनका मुद्दामा द्विपक्षीय वार्ता गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। युएईमा सार्वजनिक नीति अनुसन्धान केन्द्रको छलफलमा भाग लिनेछन्। उज्बेकिस्तानको वेबस्टर विश्वविद्यालयको कार्यक्रममा सहभागी हुने छिन्। उनले स्थानीय गैरसरकारी संस्थाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
