मंगलबार राति सम्पन्न खेलमा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो।
इंग्ल्यान्ड कतार विश्वकप २०२२ अन्तर्गत समूह बीको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
अहमद बिन अली रंगशालामा मंगलबार राति सम्पन्न खेलमा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो। इंग्ल्यान्डले ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक जोड्यो। अब इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्थानमा बनाउन समूह बीको उपविजेता तथा अफ्रिकी राष्ट्रिय सेनेगलको सामना गर्ने छ।
इंग्ल्यान्डका लागि वेल्सविरुद्ध मार्कस रासफर्डले दुई र फिल फोडेनले १ गोल गरे। पहिलो हाफमा गोल निस्कन नसकेपनि इंग्ल्यान्डले दोस्रो हाफको शुरूआतमै दुई गोल गर्दै जित निकाल्यो।
खेलको ५०औँ मिनेटमा रासफर्डले फ्रिकिकमा सिधै गोल गरे। उनले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलरक्षक ड्यानी वार्डले बचाउन सकेनन्।
अग्रता लिएको दुई मिनेटपछि नै इंग्ल्यान्डले दोस्रो गोल थप्यो । कप्तान ह्यारी केनले दायाँ विंगबाट दिएको लो क्रसमा अनमार्क रहेका फोडेनले गोल गर्दै अग्रता दोब्बर बनाए।
६८असौँ मिनेटमा राफर्डले काल्भिन फिलिप्सको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरे।
समूहको अर्को खेलमा अमेरिकाले इरानलाई १-० ले हराउँदै नकआउट चरणमा प्रवेश गर्यो। अपराजित इंग्ल्यान्ड ७ अंक तथा अमेरिका ५ अंकसहित दोस्रो भएर नकआउट चरणमा पुगे। अमेरिकाले अन्तिम ८ अर्थात् क्वार्टरफाइनलमा स्थान बनाउन समूह ए को विजेता नेदरल्यान्ड्सको सामना गर्ने छ।
३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्स समूह चरणबाटै बाहिरिए।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
