डीएमसीले २० जिल्ला भारी वर्षाले प्रभावित भएको जनाएको छ। नदी किनारका बासिन्दालाई उच्च स्थानमा जान भनिएको छ।
टापु राष्ट्र श्रीलंकामा मनसुनी आँधीबेहरीसहित आएको बाढीपहिरो र रूखबिरुवा ढल्दा कम्तीमा १४ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी)ले बताएको छ।
आइतबार राजधानी कोलम्बोनजिकै एकै परिवारका तीन सदस्यसहित केहीको डुबेर मृत्यु भएको छ। डीएमसीले ११ वर्षीया बालिका र २० वर्षीय पुरुषसहित अन्य पहिरोमा पुरिएको बताएको छ। मे २१ मा मनसुन तीव्र भएदेखि सात जिल्लामा रूख ढलेर अन्य नौ जनाको ज्यान गएको डीएमसीले जनाएको छ।
श्रीलंका सिँचाइ र जलविद्युत्का लागि मौसमी मनसुन वर्षामा निर्भर छ। विज्ञहरूले जलवायु परिवर्तनका कारण विश्व तातो भएकाले मुलुकले बारम्बार बाढीको सामना गर्नु परिरहेको बताएका छन्।
डीएमसीले देशका २५ मध्ये २० जिल्ला भारी वर्षाले प्रभावित भएको जनाएको छ। मुख्य नदी किनारमा बस्ने बासिन्दालाई उच्च स्थानमा जान भनिएको छ।
कोलम्बोको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उडानलाई साना विमानस्थलमा मोडिएको छ। केही प्रमुख राजमार्गका विभिन्न खण्ड बाढीले प्रभावित भएका छन्।
थप वर्षाको सम्भावना रहेकाले सरकारले साताको बिदापछि सोमबार पनि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ। “तीव्र हावा र मेघ गर्जनसहित अझै भारी वर्षा हुन सक्छ,” डीएमसीले भनेको छ।
गत साता वन्यजन्तु अधिकारीहरूले सात वटा जवान हात्तीको शव फेला पारेका थिए। यो पछिल्लो पाँच वर्षयताकै जंगली जनावरमा सबैभन्दा ठूलो क्षति हो। दक्षिणपश्चिम मनसुनको शुरूआतले कोलम्बोको लगभग २५० किलोमिटर उत्तरपूर्वीमा रहेको डिम्बुलागालास्थित हात्तीको बासस्थानमा बाढी आएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
