छिपछिपे सहकारी संस्थाको रकम हिनामिनाको अभियोगमा राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
काठमाडौँ– नवलपरासीपूर्व कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे सहकारी संस्थाको रकम हिनामिनाको अभियोगमा राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय नवलपरासीपूर्वले आइतबार नवलपुर जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको हो।
मुद्दामा विपक्षी बनाइएका ३५ जनामध्ये १० जना पक्राउ परेका छन् भने २५ जना फरार सूचीमा छन्। राप्रपा सांसद बस्नेत पनि फरार सूचीमा छन्। उनीमाथि सरकारीको ९६ लाख रुपैयाँ सदस्य नै नरहेको कृष्णसार रिसोर्ट प्रालिका नाम लिएर अपचलन गराएको आरोप छ।
छिपछिपे सहकारी संस्थाका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं हालका कार्यालय प्रमुख योगेन्द्र पाण्डेले काल्पनिक खाता खडा गरी ऋण लगानी गरेको देखाउने तर आफूले खर्च गर्ने जस्ता झूट्टा विवरण तयार गरी रकम हिनामिना गरेको आरोप छ। मुद्दामा सञ्चालक समितिका वर्तमान अध्यक्ष गोपी शर्मा, व्यवस्थापक योगेन्द्र पाण्डे पूर्वसचिव नगेन्द्रबहादुर रिमाललाई पनि विपक्षी बनाइएको छ। पक्राउ पर्नेमा शर्मा, पाण्डे, रिमालबाहेक शिवलाल लामिछाने, ढुण्डिराज गौतम, कृष्णप्रसाद ज्ञवाली, सञ्जीव कुमार महतो, विकास सापकोटा, तीर्थराज पैनी, सुनिताकुमार न्यौपाने रहेका छन्।
उनीहरूमाथि सहकारी संस्थाको १६ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको अभियोग लगाइएको छ। प्रतिवेदनमा सञ्चालक समितिका सदस्यका नजिकका नातेदारलाई कर्जा प्रवाह गरी रकम हिनमिना गरेको पनि उल्लेख छ। उनीहरूविरुद्ध हिनामिना भएको रकम असुलउपर, हर्जाना र कानून बमोजिम कैद सजाय माग गरेर मुद्दा दायर भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
