घरभित्र एसीको चिसो हावा लाग्ने बित्तिकै उनले चोर्नै बिर्से। एकछिन आराम गरेर चोर्छु भनेर भुइँमा पल्टेका चोर त्यहीँ निद्रामा परे।
भारतको उत्तर प्रदेशको राजधानी लखनउमा चोरीको नियतले घरभित्र पसेका चोर गर्मीको शिकार बनेका छन्।
घरभित्र एसीको चिसो हावा लाग्ने बित्तिकै उनले चोर्नै बिर्से। एकछिन आराम गरेर चोर्छु भनेर भुइँमा पल्टेका चोर त्यहीँ निद्रामा परे। जब उनी ब्युँझिए प्रहरीले उनलाई पक्राउ गरेको थियो।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार यो घटना इन्दिरानगर थाना क्षेत्र, सेक्टर २० को हो। डा सुनिल पाण्डे नामका व्यक्तिको घरमा कोही बस्दैन थिए। उनको घर खाली थियो। सुनिल पाण्डे कामको सिलसिलामा वाराणसीमा छन्। त्यही क्रममा चोरले चोरीका लागि अगाडिको गेट खोलेर घरभित्र पसे। बैठक कक्षमा पुगेर बत्ती जलाउने क्रममा एसी पनि चालु भयो। एकछिन एसीको हावामा आराम गर्न पल्टेका उनी त्यहीँ निदाए।
छिमेकीले ढोका खोलेको देखेपछि घरधनी डा सुनिललाई फोन गरेका थिए। त्यसपछि उनले तुरुन्तै प्रहरीलाई यस विषयमा जानकारी गराए। घटनास्थलमा पुगेको प्रहरीले चोर घरको एसीमा आरामसँग सुतेको फेला पारेको थियो।
प्रहरीले उनलाई पक्राउ गरी थप कारबाही गरिरहेको छ। डीसीपी आर विजय शंकरका अनुसार चोरीको नियतले भित्र पसेको चोर एसीको चिसो हावामा त्यहीँ सुतेको थियो। त्यस क्रममा उनी निकै नशामा थिए, जसका कारण उनी घरमै सुते र उठ्न सकेनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
