सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार २५ बिघा जग्गामा ‘राइस ट्रान्सप्लान्ट’ मेसिनको प्रयोग गरी धान रोपाइँ गर्नका लागि बीउ राख्नसँगै खेत तयार गर्ने काम भइरहेको छ।
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१०, झलारीका किसान प्लास्टिकको ट्रेमा बीउ राख्न व्यस्त छन्। मेसिनबाट धान रोपाइँ गर्न ट्रेमा बीउ राख्ने काम भइरहेको हो।
धानको उत्पादन वृद्धि गरी किसानको आयस्तरमा वृद्धि गर्न ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले प्रधानमन्त्री आधुनिकीकरण परियोजना एकाइ कार्यालय कञ्चनपुरसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा मेसिनद्वारा धान रोपाइँ गर्ने कार्यक्रम सञ्चालन गरेको छ।
सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार २५ बिघा जग्गामा ‘राइस ट्रान्सप्लान्ट’ मेसिनको प्रयोग गरी धान रोपाइँ गर्नका लागि बीउ राख्नसँगै खेत तयार गर्ने काम भइरहेको छ। “पहिलो पटक आधुनिक मेसिनको प्रयोग गरी धान रोपाइँ गर्न लागेका छौँ,” अध्यक्ष ऐरले भने, “पन्तनगरको सर्जु ५२ जातको धानको बीउ प्लास्टिकको ट्रेमा तयार गरेका छौँ।”
मेसिनद्वारा धान रोपाइँ गर्ने किसानलाई धानको बीउसँगै पाँच पावरटिलर, पाँचवटा मिनीटिलर, विषादी, जिंङ्क, जाइम, पोषकतत्व, चारवटा रिपर, चारवटा हिलेचक्कालगायत ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको उनले बताए।
परियोजनाअन्तर्गत १२ लाख र सहकारीको १२ लाख गरी २४ लाख रुपैयाँ रकममा लागत साझेदारी गरिएको छ। स्थानीय किसान केशव जोशीले नौलो अनुभवसहित मेसिनद्वारा धान रोपाइँ गर्ने तयारीमा लागेको बताए। “मेसिनले धान रोपाइँ गर्दा लागत खर्चमा निकै कमी आउने अपेक्षा गरेका छौँ,” उनले भने, “धान रोपाइँका लागि रोपाहार खोज्ने झन्झट हुँदैन, सहज रूपमा धान रोपाइँ गरी उत्पादनमा वृद्धि हुने विश्वास छ।”
बीउ तयार गर्न भने केही मेहनत गर्नुपरेको उनले उल्लेख गरे। नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले नगरपालिका क्षेत्रमै पहिलो पटक मेसिनको सहायताले धान रोपाइँ हुन लागेको बताए।
“किसानले आधुनिक तरिकाले धानखेती गरे उत्पादन बढ्ने निश्चित छ,” उनले भने, “धानखेतीमा लाग्दै आएको लागत खर्च घट्ने भएकाले किसानलाई फाइदा पुग्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
