एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकार गठन तथा पार्टी एकतालगायतका विषयमा छलफल अघि नबढेको बताएका छन्। उनले निर्वाचन परिणामको सामूहिक समीक्षा हुनुपर्ने बताए।
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसँग एकता गर्ने विषयमा छलफल नभएको बताएका छन्।
रौतहट–१ बाट निर्वाचित भएपछि उत्सवमा व्यस्त भएका नेपालले माओवादीसँग मिलेर शक्ति बाँडफाँड गर्ने मामिलामा पनि छलफल नभएको बताए।
नेपालले उकालोसँग संवाद गर्दै भने, “चुनावपछि हामीले माओवादीसँग एकताको विषयमा ठोस छलफल गर्न पाएका छैनौँ। सरकार गठनबारे पनि हाम्रो राम्ररी कुरा हुन पाएको छैन। मात्रै शुभकामना आदानप्रदान भ्याएका छौँ।”
नेपालले आफू काठमाडौँ फर्कन अझैँ २/४ दिन लाग्ने बताए। काठमाडौँ आएपछि आफ्नो पार्टीले यी दुवै विषयमा गहन छलफल गर्ने उनको भनाई छ।
नेपालले अहिले गठबन्धनकै सरकार बनाउनेमा आफूहरू दृढ रहेको बताए। “हामीले अहिले गठबन्धनको विकल्प सोचिसकेका छैनौँ। तर चुनावमा गठबन्धन दलहरूको जे-जस्तो नतिजा आएको छ त्यसबारे हाम्रो सामूहिक छलफल हुनुपर्छ भन्ने मेरो माग हो। चुनावअघि दलहरूले गरेका प्रतिबद्धता कति कार्यान्वयन भयो भन्नेबारे पनि छलफल हुनुपर्छ”, उनले भने।
चुनावी नतिजाबारे छलफल गर्न मंगलबार बसेको नेपालको पार्टीको सचिवालय बैठकले पनि परिणाम आशातीत नआएपनि सरकारमा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका थिए।
नेकपा (एकीकृत समाजवादी) ले अहिलेसम्म प्रत्यक्षतर्फ १० सिट जितेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
