हावाहुरीले रूख ढाल्दा मध्यविन्दुमा १ जनाको मृत्यु

मध्यविन्दु नगरपालिका– १२ मा हावाहुरीले रूख ढल्दा एक जनाको मृत्यु भएको छ।

नवलपरासी– नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हावाहुरीले रुख ढालेर शिरमा बज्रँदा एक जनाको मृत्यु भएको छ। रूख ढलेर ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मंगलबार बिहानको हावाहुरीले ढालेको रूख शिरमा बज्रँदा थापाको मृत्यु भएको हो। 

वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन्। थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ।