बलुचिस्तानको कोइला खानीमा ग्यास चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा ग्यास चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन्।
खानीमा ग्यास चुहावट भएपछि श्वासप्रश्वासमा असहज भएका कारण मृत्यु भएको प्रान्तीय सरकारको खानी विभागका प्रमुख अब्दुल घानी बलोचले बताए। उनका अनुसार मृतकमा एक ठेकेदार र एक खानी प्रबन्धक पनि छन्।
निजी कम्पनी युनाइटेड कोल कम्पनीद्वारा सञ्चालित यो खानी प्रान्तीय राजधानी क्वेटाबाट ४० किलोमिटर टाढा अवस्थित छ।
मार्चमा सोही प्रान्तमा ग्यास विस्फोट हुँदा १२ जना खानी मजदुरको मृत्यु भएको थियो। बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो र सबैभन्दा गरिब प्रान्त हो। प्राकृतिक स्रोतहरूमा धनी भए तापनि यसलाई स्थानीयले लामो समयदेखि आफ्नो समुदायबीच निष्पक्ष रूपमा नबाँडिएको भनेर गुनासो गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
