श्रीलंकामा भारी मनसुनी वर्षा र पहिरोबाट कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् भने एक लाख ३० हजार मानिस घरबारविहीन भएका छन्।
श्रीलंकामा भारी मनसुनी वर्षा र पहिरोबाट कम्तीमा २६ जनाले ज्यान गुमाएका छन्। सरकारले मंगलबार सेनालाई बाढी र पहिरोबाट विस्थापित हजारौँलाई सहयोग गर्न आदेश दिएको छ।
मनसुनी वर्षा र पहिरोमा परी ४२ जना घाइते भएको र मुलुकका २५ मध्ये २३ जिल्लामा बाढीबाट एक लाख ३० हजार मानिस घरबारविहीन भएको कनिष्ठ रक्षामन्त्री प्रेमिथा तेनाकुनले संसद्लाई जानकारी दिए। “हामीले राहत कार्यमा सहयोग गर्न सेना परिचालन गरेका छौँ,” उनले भने, “राहतको आपूर्तिमा सहयोग गर्न डुंगा तैनाथ गरिएको छ।”
श्रीलंका सिँचाइ र जलविद्युत्का लागि मौसमी मनसुन वर्षामा निर्भर छ। विज्ञले जलवायु परिवर्तनका कारण विश्वमा गर्मी बढेकाले मुलुकले बारम्बार बाढीको सामना गर्नुपरेको चेतावनी दिएका छन्।
श्रीलंकाको प्रमुख मौसम ब्युरोले वर्षा कम हुने पूर्वानुमान गरेको छ तर बाढीको खतरा कम नभएको बताएको छ। तराईका क्षेत्रहरू जलमग्न भएका छन्।
भारतमा १८ जनाको मृत्यु ६ लाखभन्दा बढी प्रभावित
भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको मृत्यु हुनुका साथै ६ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्।
बाढीले होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ। सरकारी अधिकारीहरूले यहाँको स्थिति गम्भीर रहेको बताएका छन्।
आसमका दश जिल्लाका ६ लाख २५ हजार ३१८ बासिन्दा प्रवावित भएको एक अधिकारीले जनाए। विगत २४ घण्टामा चार जनाको ज्यान गएसँगै बाढीबाट मृत्यु हुनेका संख्या १८ पुगेको हो। यसैगरी कछार जिल्लामा चार जना बेपत्ता भएको जनाइएको छ।
अधिकारीहरूले हाल ५७७ गाउँ डुबानमा परेको जनाउँदै प्रभावित जिल्लामा करिब ६ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन्।
आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) का अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा १९१ राहत शिविर तथा १०८ वितरण केन्द्र खोलेको छ।
प्रभावित क्षेत्रमा रेल ट्रयाकमा क्षति पुगेको कारण केही रेलसेवा पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन्।
यसैबीच, बाढी प्रभावित जिल्लामा उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बल ( एनडीआरएफ) र राज्य विपद् प्रतिक्रिया बल(एसडीआरएफ) का कर्मचारी तैनाथ गरिएको छ।
गत महिना पश्चिम बंगाल र बांग्लादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुरका राज्यमा बाढी आएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
