भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा सदस्यमा वाराणसीबाट तेस्रो पटक निर्वाचित भएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाट लोकसभा सदस्यमा निर्वाचित भएका छन्। उनी एक लाख ५२ हजार मतान्तरले वाराणसीबाट पुनः निर्वाचित भएका छन्। उनी यो क्षेत्रबाट तेस्रो पटक निर्वाचित भएका हुन्।
उनले यो क्षेत्रमा कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई पराजित गरे। यद्यपि अघिल्लो निर्वाचनमा भन्दा उनको मतान्तर घटेको छ। सन् २०१९ को निर्वाचनमा मोदी चार लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए।
भारतीय गृहमन्त्री अमित शाह गुजरातको गान्धीनगरबाट सात लाख ४४ हजार ७१६ मतान्तरले लोकसभा सदस्यमा निर्वाचित भएका छन्।
जारी मतगणनामा भाजपा नेतृत्वको गठबन्धन एनडीएले कुल ५४३ सिटमध्ये १३९ सिट जितेको छ भने १५६ सिटमा अग्रता लिएको छ।
त्यस्तै, विपक्षी गठबन्धन इन्डियाले ८५ सिट जित्दा ११७ सिटमा अग्रता कायम राखेको छ। तृणमूल कांग्रेस ९ सिटमा जित र २० मा अग्रता लिँदा अन्य दलहरूले १२ सिट जितेका छन् भने ५ सिटमा अगाडि छन्।
एक्जिट पोलले मोदी नेतृत्वको गठबन्धन भारी विजयी हुने प्रक्षेपण गरेका थिए। यद्यपि निर्वाचन आयोगको तथ्यांकअनुसार एक दशकमा पहिलो पटक मोदीको भाजपा पूर्ण बहुमत प्राप्त गर्न असफल हुन सक्ने देखिएको छ। यसको अर्थ सरकार बनाउन भाजपा आफ्नो गठबन्धन साझेदारमा भर पर्नुपर्ने हुन्छ।
कांग्रेसले सिट संख्या झन्डै दोब्बर बढाउन सक्ने अनुमान गरिएको छ। कांग्रेस नेता राहुल गान्धी लोकसभा सदस्यमा दुवै क्षेत्रबाट निर्वाचित भएका छन्। उनी केरलको वायनाडबाट तीन लाख ६४ हजार ४२२ मतान्तर र उत्तर प्रदेशको रायबरेलीबाट तीन लाख ९० हजार ३० मतान्तरले विजयी भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
