मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले डेढ वर्षको अवधिमा बुधबार पाँचौँपटक विश्वासको मत लिन लागेका छन्।
धनुषा– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाँचौँपटक विश्वासको मत लिने भएका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार डेढ वर्षको अवधिमा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन्।
पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले बुधबार दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए।
विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए। तत्पश्चात् विसं २०८० जेठ १ गते मधेश सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका थिए। तेस्रो पटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिए। त्यसबेला प्रदेशसभाको एक सय सातमध्ये उनले ६९ मत प्राप्त गरे।
जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका थिए। त्यसबेला एमाले र यसअघि दुई पटक विश्वासको मत दिएको जनमत पार्टीसमेत विपक्षमा रह्यो।
पछि सत्ता साझेदार कांग्रेस समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः वैशाख ४ गते चौथोपटक विश्वासको मत लिनुपर्यो। त्यसबेला एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए। चारैपटक सत्ता गठबन्धनमा फेरबदल आएपछि विश्वासको मत लिनुपरे पनि सरकारको नेतृत्व भने परिवर्तन भएन।
यादवले दुई पटक सबैजसो प्रदेशसभा सदस्य र दलको विश्वासको मत प्राप्त गरे भने तेस्रो पटक एमाले र जनमत पार्टी, चौथो पटक नेपाली कांग्रेस, जनमत र लोसपाको साथ पाए। यसपटक भने मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई अहिलेसम्म कांग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ। यसअघि विपक्षमा रहेको कांग्रेसले मंगलबार मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो। यस हिसाबले मुख्यमन्त्री यादवआबद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन्।
मधेश प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ। मधेश प्रदेश सरकारमा एकीकृत समाजवादीका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कम गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्रीमा बेची लुंगेली थिए। लुंगेलीले जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए।
यहाँ केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन्। एमालेसहित नयाँ गठबन्धनको सरकार बनाउन यहाँ एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
