टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १०६ रन बनाउँदै आलआउट भयो। उक्त लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौँ– आईसीसी टी२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित भएको छ।
मंगलबार राति अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपालले ६ विकेटको पराजय बेहोरेको हो। जितका लागि पाएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए। उनले ४८ बल खेल्ने क्रममा १ छक्का र ४ चौका प्रहार गरे। यस्तै विक्रमजित सिंहले २२, सेब्रान्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए।
बलिङतर्फ नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले समान १–१ एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १०६ रन बनाउँदै आलआउट भयो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए। उनले ३७ बल खेल्दै ५ चौका प्रहार गरे। यस्तै करन केसीले १२ बलमा १७ रन जोडे। गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए।
नेदरल्यान्ड्सका टिम प्रिङगनल र लगन भान वीकले समान ३–३ तथा बास डी लिड र मकेरेनले २–२ विकेट लिए।
नेपालले अब आफ्नो दोस्रो खेल जेठ २९ गते श्रीलंकासित अमेरिकाकै फ्लोरिडामा खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
