सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। अभियान जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।
काठमाडौँ– सरकारले यही जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले तराईका अधिकांश जिल्लामा तातो हावासँगै ‘लु’ चलेकाले खोप अभियान प्रभावित भएको बताए। “अत्यधिक गर्मीका कारण तराईमा विद्यालय बन्द भएका छन्। कतिपय विद्यालयमा खोप कार्यक्रम सञ्चालन भए पनि बीचमै रोकिएको छ,” उनले भने, “अब भने पानी पनि पर्न थालेको छ। तराईमा शीतलता पनि भएकोले अब विद्यालय खुल्ने र पुनः खोप अभियान सञ्चालन गर्दछौँ।”
अहिलेसम्म चार लाख १७ हजार ५३६ जना बालबालिकाले पोलियोविरुद्धको खोप लगाइसकेका छन्। यो २८.५ प्रतिशत हो। “अहिलेको खोप लगाएको तथ्यांक ४६ जिल्लाको हो। अन्य जिल्लाबाट तथ्यांक आउन बाँकी छ,” उनले भने।
सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। अभियान जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।
स्वास्थ्य मन्त्रालयले विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा पनि खोप अभियान सञ्चालन गर्नेछ। खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गर्नुपरेको विभागले जनाएको छ। सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
