भाजपा नेतृत्वको गठबन्धनले जित्यो २९३ सिट, तेस्रोपटक प्रधानमन्त्री बन्दै नरेन्द्र मोदी

भाजपाले मात्रै २४० सिटमा जित हासिल गरेको छ। तर एक्लैले बहुमत ल्याउन भने सकेन। निर्वाचन परिणामले भारतमा भाजपाको लोकप्रियता घटेको देखाएको छ । 

भारतमा भएको १८औँ लोकसभा निर्वाचन २०२४ को मतगणना सम्पन्न भएको छ। अन्तिम मत परिणअनुसार मा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको छ। 

५४३ सिटका लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी (इन्डिया) गठबन्धनले २३२ सिट जितेको छ। भाजपाले मात्रै २४० सिटमा जित हासिल गरेको छ। तर एक्लैले बहुमत ल्याउन भने सकेन। निर्वाचन परिणामले भारतमा भाजपाको लोकप्रियता घटेको देखाएको छ । 

यस्तै,  एनडीएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले २२४ सिटमा जित हासिल गरेको छ। कांग्रेस ९९ सिट, समाजवादी पार्टी ३७  सिट, तृणमूल कांग्रेस २९ सिट, द्रविड मुन्नेत्र कंडगम (डीएमके) २२ सिट, शिवसेना (उद्धव ठाकरे) ९  सिट, एनसीपी (सपा) ले ८ सिट, तेलेगु देशमले १६ सिट, राष्ट्रिय जनता दल, युवराजन श्रमिका रिथु कांग्रेस र कम्युनिस्ट पार्टी अफ इन्डियाले समान ४–४ सिटमा जित हासिल गरेका छन्।  

बनारसबाट चुनाव जितेका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमत साथ तेस्रो पटक प्रधानमन्त्रीको पद सुरक्षित गरेका छन्। मोदीले सन् २०१४ देखि २०१९ सम्म पहिलो  र २०१९ देखि २०२४ सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका  छन्। यो निर्वाचनले मोदीलाई जवाहरलाल नेहरुपछि भारतमा तीन कार्यकाल प्रधानमन्त्री चलाउने दोस्रो नेताको रूपमा स्थापित गरेको छ।

कांग्रेस नेता राहुल गान्धी राय–बरेली र वायनाडमा विजयी हुँदा उत्तर प्रदेशमा भने भाजपालाई ठूलो धक्का लागेको छ। अघिल्लो चुनावमा ६४ सिट जितेको भाजपाले यसपटक चुनावमा २१ सिट गुमाएको छ। अहिले भाजपाले त्यहाँ ३३ सिट ल्याउँदा समाजवादी पार्टीले ३७ सिटमा जित हासिल गरेको छ। 

सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनता मतदानमा सहभागी बनेका थिए।