बुधबारको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको बुधबारको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
बैठकमा समय मागेर सांसद खानले हत्या, आतंक र लुटपाटका घटनाको त्रासमा रहेका जनतालाई शान्ति सुरक्षाको वातावरण बनाउन माग गरे।
“तराई–मधेशका जनता डर र त्रासको वातावरणमा छन्। शान्ति सुरक्षाको वातावरण खस्किएको छ। लुटपाटका घटना बढिरहेको र पीडित पक्षले जाहेरी बुझाउन जाँदा प्रहरी प्रशासनले जाहेरी नलिएको गुनासो आइरहेको छ,” सांसद खानले भने।
उनका अनुसार सुनसरीको कोशी गाउँपालिका–३ का बसिरन खातुनलाई हालै दाइजोको निहुँमा हत्या गरी सप्तरीको हनुमाननगरस्थित कोशी नदी किनारमा पिपलको रुखमा झुन्ड्याएको अवस्थामा शव फेला परेको थियो। विभिन्न दबाबका कारण उक्त घटनाको जाहेरीसमेत दर्ता नभएको उनको भनाइ छ।
“रुपन्देहीको गैडहवा गाउँपालिका–१ का तिरु यादव र रामकुमार यादव दुवै दाजुभाइलाई जेठ २२ गते स्थानीय पानको पसलमा छुरा प्रहार गरिएको थियो। एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ,” सांसद खानले भने।
त्यस्तै, यही जेठ १२ गते बर्दियाको बढैयाताल गाउँपालिका–३ स्थित गोब्रेपुर गाउँपालिकाका ३० वर्षीया तारा खटिकलाई कुटपिट गरेका थिए। त्यसपछि खटिक राति नै मृत भेटिएको घटनाबारे इलाका प्रहरीले जाहेरी लिनसमेत नमाने उनको भनाइ छ।
यस्ता घटना दिनप्रतिदिन बढिरहेकाले सरकारले शान्ति सुरक्षाको वातावरण बनाएर नागरिकको जीवन रक्षा गर्नुपर्ने माग सांसद खानले गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
