भारतीय लोकसभा निर्वाचन: कुन दलले कति सिट जिते?

भारतको निर्वाचन आयोगका अनुसार सत्तारूढ भारतीय जनता पार्टीले सबैभन्दा बढी २४० सिट जितेको छ। कांग्रेस ९९ सिटमा जित्दै दोस्रो ठूलो दल बनेको छ।

तस्वीर: एएफपी।

भारतको लोकसभा निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ।

भारतको निर्वाचन आयोगका अनुसार सत्तारूढ भारतीय जनता पार्टीले सबैभन्दा बढी २४० सिट ल्याएको छ। सन् २०१९ को निर्वाचनमा भाजपाले ३०३ सिट जितेको थियो। विभिन्न ‘एक्जिट पोल’का अनुसार यसपटक ३५० भन्दा बढी सिट ल्याउने आकलन गरिए पनि त्यसो हुन सकेन।   

त्यस्तै, इन्डियन नेसनल कांग्रेस ९९ सिट ल्याएर दोस्रो ठूलो दल बनेको छ। यसअघि २०१९ मा भएको निर्वाचनमा कांग्रेसले ५२ सिट जितेको थियो। समाजवादी पार्टी ३७ सिटसहित तेस्रो दल बनेको छ।

डेटामा हेर्नुस् कुन दलले कति सिट ल्याए: