राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्नसमेत आग्रह गरेकी छन्।
भारतमा लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले बुझाएको मन्त्रिपरिषद्सहितको राजीनामा बुधबार राष्ट्रपतिले स्वीकृत गरिसकेकी छन्।
राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नयाँ सरकार गठन नभएसम्म कार्यभारसम्हाल्न समेत आग्रह गरेकी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार केन्द्रीय मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका थिए। यस बैठकमा १७औँ लोकसभा विघटन गर्न सिफारिस गरिएको थियो। वर्तमान १७औँ लोकसभाको कार्यकाल जुन १६ मा समाप्त हुँदैछ।
केन्द्रीय मन्त्रिपरिषद्को बैठकमा लोकसभा चुनावको नतिजा र भाजपा नेतृत्वको 'एनडीए'ले सदनमा बहुमत हासिल गरेपछि सम्भावित सरकार गठनका विषयमा छलफल भएको थियो। बैठक बिहान ११ः३० बजे प्रधानमन्त्री निवासमा शुरू भएको हो। बैठकपछि मन्त्रिपरिषद्को बैठक पनि बसेको थियो। मिडिया रिपोर्टका अनुसार जुन ७ मा संसदीय दलको बैठक बस्नेछ र त्यसको भोलिपल्ट अर्थात जुन ८ मा नयाँ सरकारको सपथ ग्रहण समारोह हुनसक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
कस्तो होला आगामी सरकार?
मंगलबार भएको लोकसभा चुनावको मतगणनामा भाजपाले २४० सिट जितेको छ भने कांग्रेसले ९९ सिट जितेको छ। यस चुनावमा समाजवादी पार्टीले ३७ सिट जितेको छ भने टीएमसी २९ सिटसहित चौथो स्थानमा छ।
चुनावको नतिजाले अबको सरकार गठबन्धनको बन्छ भन्ने कुराको स्पष्ट पारेको छ। मोदीको पार्टी भाजपासहितको गठबन्धन एनडीएले २९२ सिट जितेसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्न सक्ने सम्भावना उच्च रहेको हो। कांग्रेससहितको विपक्षी गठबन्धन ‘इन्डिया’सँग पनि २३४ सिट छन्।
सरकार गठनका लागि बुधबार एनडीएको बैठक बस्दैछ। विपक्षी भारतीय गठबन्धनको पनि बैठक आज बस्दैछ। प्रधानमन्त्री मोदी तेस्रो पटक देशको प्रधानमन्त्री बन्न लागेका छन्, तर यसपटक भाजपालाई सरकार चलाउन सहयोगीहरूको समर्थन चाहिन्छ।
विशेष गरी जेडीयू र टीडीपीको समर्थन आवश्यक हुनेछ। विपक्षी गठबन्धनले जेडीयू र टीडीपीलाई पनि आफ्नो तहमा ल्याउने प्रयास गर्न सक्छ। दुवै दलले एनडीएलाई समर्थन गर्ने स्पष्ट पारे पनि विपक्षी गठबन्धन भने आफ्नो प्रयासमा व्यस्त छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
