समग्रमा बजार घटे पनि म्युचुअल फन्डसँगै लघुवित्त, उत्पादन तथा प्रशोधन र फाइनान्स उपसमूह बढेका छन्।
काठमाडौ– शेयर बजार परिसूचकसँगै कारोबार रकम घटेको छ। बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रह्यो।
८० लाख ४२ हजार ७६७ कित्ता शेयर ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ। मंगलबार बजार ६.२२ अंकले बढ्दा परिसूचक नेप्से २०८५.३० को विन्दुमा थियो। ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको थियो।
साताको चौथो दिन १५८ कम्पनीको शेयरमूल्य घटेको छ भने ८३ कम्पनीको मात्रै बढेको छ। ६ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन छैन।
बजारलाई ४.९२ प्रतिशतले बढेको म्युचुअल फन्डले थामेको छ। म्युचुअल फन्डसँगै लघुवित्त, उत्पादन तथा प्रशोधन र फाइनान्स उपसमूह बढेका छन्। लगानी उपसमूह स्थिर रहँदा वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, व्यापार र अन्य उपसमूह घटेका छन्।
घटेको बजारमा पनि भगवती हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ता फाइदामा रहे। मनकामना स्मार्ट लघुवित्त, माईखोला हाइड्रोपावर, विजय लघुवित्त, लक्ष्मी लघुवित्तलगायतका कम्पनीको शेयरमूल्य बढेको छ।
सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। उक्त कम्पनीको १९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै सीईडीबी हाइड्रोपावरको १८ करोड ४३ लाख, सानिमा माई हाइड्रोपावरको १६ करोड ९९ लाख, पोखरा फाइनान्सको १२ करोड ६ लाख र ग्लोबल आइएमई लघुवित्तको ८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
शेयरमूल्य घट्नेमा अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ताले ५.५१ प्रतिशतले गुमाएका छन्। कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फन्ड, रसुवागढी हाइड्रोपावरका शेयरमूल्य घटेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
