देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाइभ कन्सर्टका लागि टिकट बिक्री वितरण भइरहेको आश्रमका अभिभावक प्रवीण खड्काले जानकारी दिए।
काठमाडौँ- ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मंसिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलोपटक नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ।
विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो।
विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा वृद्धवृद्धाहरूका लागि निर्माण गर्न लागिएको भवन पूरा गर्न आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले कन्सर्ट गर्न लागिएको उक्त आश्रमको प्रदेश नं. १ का संयोजक नवराज केसीले जानकारी दिए।
आश्रमका लागि आपत्कालीन कोष स्थापना पनि गर्ने उद्देश्यले सांगीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए।
उक्त आश्रममा हाल १९ जिल्लाका २४ वटा शाखामा १७ सय बढी बेसहारा, असहाय र घरपरिवार तथा समाजबाट परित्याग व्यक्ति बस्दै आएकामा विराटनगरको उक्त आश्रममा भने ९० पुरुष, ६५ महिला र पाँच बालबालिका गरी एकसय ६० आश्रित छन्।
मानवसेवा आश्रमको हित र विकासका लागि विराटनगरबाट शुरू हुन लागेको उक्त कन्सर्ट वीरगन्ज, हेटौँडा, चितवन, नेपालगन्ज, धनकुटा, सुर्खेत, पोखरा तथा काठमाडौँलगायत मुख्य सहरमा तीन–तीन दिनको फरकमा आयोजना गरिने आयोजकले जनाएको छ।
फरक शैलीका गीतका कारण देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाइभ कन्सर्टका लागि टिकट बिक्री वितरण भइरहेको आश्रमका अभिभावक प्रवीण खड्काले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
