आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा बुधबारदेखि शुरू भएको छ।
काठमाडाैँ– आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आज बुधबारदेखि शुरू भएको छ।

आज उदघाट्न गर्दै आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गरिएको महासंघका अध्यक्ष पुर्खाजित राईले बताए। महोत्सवमा भोलिदेखि तीन दिन 'सर्ट फिल्म डकुमेन्ट्री' अर्थात् छोटा वृत्तचित्र प्रदर्शन गरिनेछ। चौथो संस्करणमा फिचर, सर्ट फिल्म डकुमेन्ट्रीसहित १७ वटा चलचित्र प्रदर्शन गरिने महासंघले जनाएको छ। जसमा दुई वटा अन्तर्राष्ट्रिय चलचित्र पनि समावेश छन्।

महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार, उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, पब्लिक च्वाइस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
