भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुवर्षीय आयोजनामार्फत थप १०० किलोमिटरभन्दा बढी ग्राभेल भएको छ।
म्याग्दी– गण्डकी प्रदेश सरकारले सात वर्षमा एक हजार ५०० किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ। चालु आर्थिक वर्षमा थप ११९ किलोमिटर सडक कालोपत्र र ४१.२ किलोमिटर ढलान भएको छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुवर्षीय आयोजनामार्फत थप १०० किलोमिटरभन्दा बढी ग्राभेल भएको छ। २०७९/८० सम्म ५९९ किलोमिटर सडक ग्राभेल र ६६८ किलोमिटर कालोपत्र भएको थियो।
“प्रदेश स्थापना भएदेखि हालसम्म ८८२ किलोमिटर सडक कालोपत्रे र ढलान गरी स्तरोन्नति गरेका छौँ,” उक्त मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयका निर्देशक महेन्द्र बानियाले भने, “सडक निर्माण र स्तरोन्नतिमा हालसम्म ४८ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ।”
१२ अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार ४६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो। यस वर्ष १२७ प्रादेशिक सडक, पाँच वटा संघीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुंगे पुल आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन्।
निर्देशक बानियाँका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुंगे पुलका लागि १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ। अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ।
राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रूपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
