दक्षिणकालीको केराबारीमा २ जना मृत फेला

शव नजिकै बागमती मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए। 

काठमाडौँ– काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीस्थित भीरमा दुई जना मृत भेटिएका छन्। 

मृत भेटिनेमा धादिङ सिद्धलेक गाउँपालिका-५ घरका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुर चाँगुनारायण नगरपालिका-५ कि ३२ वर्षीया सरिता राई छन्।

काठमाडौँ– दक्षिणकाली सडकबाट करिब २०० मिटर तल भीरमा उनीहरूको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए। 

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले भीरबाट शव निकालेको छ। बुधबार साँझ शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।