शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको छ।
काठमाडौँ– नवीन सुब्बाको निर्देशन रहेको चलचित्र ‘गाउँ आएको बाटो’ बुधबार प्रिमियर गरिएको छ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको छ। चलचित्रको बुधबार काठमाडौँको बिग मुभिजमा प्रिमियर गरिएको हो।
प्रमियरमा चलचित्रकर्मीदेखि राजनीतिज्ञ र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू पनि उपस्थिति थिए। चलचित्र हेरेपछि अधिकांशले खुलेर प्रशंसा गरे। सरल तरिकाले भनिएको कथाले दर्शकलाई छुने फिल्मकर्मीले बताएका छन्।
चलचित्रले पूर्वी पहाडको विकट गाउँमा छोराछोरी हुर्काउन संघर्षरत राई परिवारको पुरुष र उसको वरिपरिको कथावस्तु बोकेको छ। गाउँमा आएको मोटर बाटोले धेरै कुरा लिएर आए पनि रोजीरोटीका पुराना पेसा संकटमा परेको देखाइएको छ।
विदेश नगई गाउँमै बसेर जीविकोपार्जन गर्न खोज्दा सन्तानको साना–साना सपनासमेत पूरा गर्न नसकेको बाबुको कथाले चलचित्र हेर्ने दर्शकलाई भक्कानिन बाध्य बनाउँछ।
अधिकांश दृश्य भोजपुर र संखुवासभाका विभिन्न गाउँमा तथा केही दृश्य सुनसरीको धरानमा छायांकन गरिएको निर्माण पक्षले बताएको छ। चलचित्रमा राजेशपायल राईको संगीत रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
